#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ ।प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् । काठमाडौँ, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् । यस्तै दोलखा र मकवानपुरबाट दुई/दुई जना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक/एक जनाले दाबेदारी प्रस्तुति गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।जिल्ला फुटबल सङ्घ मकवानपुरका अध्यक्षसमेत रहेका टीका लामासहित मकवानपुरका दुई जनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल सङ्घीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।

एन्फाको प्रादेशिक समिति गठन प्रक्रिया अघि बढ्यो

काठमाडौं ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् । काठमाडौँ, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् । यस्तै दोलखा र मकवानपुरबाट दुई/दुई जना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक/एक जनाले दाबेदारी प्रस्तुति गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।

जिल्ला फुटबल सङ्घ मकवानपुरका अध्यक्षसमेत रहेका टीका लामासहित मकवानपुरका दुई जनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल सङ्घीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार