प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि आएका भारतीय चिकित्सक फर्किए

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि आएका भारतीय चिकित्सक फर्किए


काठमाडौं ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सहयोगका लागि भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको चिकित्सकीय टोली फर्किएको छ। डा. अनन्तसहित नेफ्रोलोजिष्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक प्रत्यारोपणमा सघाउन नेपाल आएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको प्रत्यारोपणमा डा. अनन्त कुमार पनि व्याक सपोर्टका रुपमा संलग्न रहेका थिए । उनको नेतृत्वको चिकित्सकीय टोलीले ओलीलाई पहिलो पटक प्रत्यारोपण गरेको थियो । प्रधानमन्त्री ओलीको ०६४ सालमा पहिलो पटक भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा उत्तमकुमार शर्मा र प्राडा प्रेम ज्ञवालीले नेतृत्वदायी भूमिका खेलेका थिए। अन्नपूर्णबाट

Logo