प्रधानमन्त्रीको प्रशंसादेखि मास्कको कालोबजारी नियन्त्रणको सरकारी प्रयाससम्म (भिडियोसहित)

प्रधानमन्त्रीको प्रशंसादेखि मास्कको कालोबजारी नियन्त्रणको सरकारी प्रयाससम्म (भिडियोसहित)


काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारमध्ये दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । प्रधानमन्त्री ओली र उनलाई मिर्गाैला दिने समीक्षा संग्रौला अस्पतालको वेडमा आराम गरिरहँदा सर्वसाधारणले भने उनीहरुको स्वास्थ्य लाभसँगै प्रंशसा गरिरहेका छन् ।

कोरोना भाइरसबाट जोगिन प्रयोग गरिने मास्कको कालोबजारी भएपछि सरकारले अनुगमनलाई तीब्रता दिएको छ । सरकारले होली पर्वका लागि अनुमति दिन बन्द गरेको छ भने सर्वसाधारणले हात मिलाउनुको सट्टा नमस्कार अभियानको थालनी गरेका छन् ।

यस्तै नेपाली सेनाभित्रको भ्रष्टाचारको विषयमा छलफल गर्न बसेको संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि बैठक स्थगित भयो ।

अर्थमन्त्री खतिवडालाई शेयर बजारले सधैं रातो झण्डा देखाउने गरेको छ । खतिवडाको राजीनामाको प्रसंग आउँनासाथ ह्वात्तै उकालो चढ्ने शेयरबजार उनको नियुक्तिसँगै आरोलो झर्छ । यो पनि आज केन्द्रबिन्दु समाचारमा समेटिएको छ ।

यता मिस नेपाल इशानी श्रेष्ठ, श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठले मिस वर्ल्डमा व्युटी विथ पर्पाेजको अवार्ड हात पारे । योसँगै मिस वर्ल्डमा नेपालको चर्चा हुन थालेको छ । यतिबेला मिस वर्ल्डको टोली पहिलो पटक नेपाल भ्रमणमा आएका छन् । हेरौं यो भिडियोमा :

 

Logo