अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन काठमाडौं जिल्ला प्रशासनको आग्रह

अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन काठमाडौं जिल्ला प्रशासनको आग्रह


काठमाडौं ।

चीनको वुहानबाट शुरु भएर विश्वलाई त्रसित बनाइरहेको कोरोना (कोभिड–१९) आतंक को त्रास नेपालमा पनि रहेकाले अत्यावश्यक काम भन्दा बाहेक घर बाहिर ननिस्कन काठमाडौं जिल्ला प्रशासनले आग्रह गरेको छ ।

कोरोना भाइरसले विश्वका ८० बढी देशमा आतंक सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरु अपनाउन थालिएको छ । कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुञ्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताएका छन् ।

‘बुधबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर तत्काललाई काठमाडौंमा कुनै पनि सभा–समारोह र ठूला जमघटका कार्यक्रम नगर्न–नगराउन तथा भिडभाडमा नजान काठमाडौंका नागरिकलाई आग्रह गर्ने निर्णय गरेको प्रजिअ दाहालको भनाई छ ।

Logo