प्रधानमन्त्रीले अर्थमन्त्री खतिवडालाई नै किन रुचाउँछन् ? (भिडियोसहित)

प्रधानमन्त्रीले अर्थमन्त्री खतिवडालाई नै किन रुचाउँछन् ? (भिडियोसहित)


काठमाडौं ।

अर्थमन्त्रीमा पुनः डा. युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएसँगै प्रधानमन्त्रीले उनलाई नै किन रुचाइरहेका हुन् भन्ने चासो र चर्चा चुलिएको छ ।

अर्थमन्त्रीमा पुनः नियुक्त डाक्टर युवराज खतिवडा २ वर्ष अघि पनि अर्थमन्त्रीमा नियुक्त भएका थिए । अघिल्लो कार्यकालका लागि उनलाई अर्थमन्त्री बनाउन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन् । यस पटक भने सांसद नै नभई उनी अर्थमन्त्री भएका छन् । सर्वसाधारण ब्यक्ति मन्त्री भएको खण्डमा ६ महिनाभित्रमा सांसद भइसक्नु पर्ने संबैधानिक अनुकुलतालाई टेकेर उनलाई यसपटक मन्त्री बनाईएको हो ।

अर्थतन्त्र बुझेको र वित्तीय क्षेत्रमा राम्रो ज्ञान भएको छबि वनाएका छन् डा. खतिवडाले । त्यसैगरी वित्तीय अनुशासन कार्यान्वयन गराउन सक्ने क्षमता भएको ब्यक्तिको रुपमा समेत उनको परिचय स्थापित छ । सायद यही कारण प्रधानमन्त्री ओलीले डा. खतिवडालाई मन पराउँछन् ।

प्रधानमन्त्री ओलीले खतिवडालाई काखी च्यापेपछि पार्टीभित्रै पनि ठूलो विवाद हुँदै आएको छ । तर प्रधानमन्त्री ओलीले आफ्नो पद समेत दाउमा राखेर भएपनि खतिवडालाई छोडेका छैनन् ।

त्यसो त अर्थतन्त्र सम्बन्धी कडा नीति अख्तियार गर्ने गरेकाले उनी आलोचित समेत हुँदै आएका छन् । तर पनि खतिवडालाई प्रधानमन्त्री ओलीले काखी च्याप्नु पछाडिका मुल कारण भने तारिफ योग्य नै छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको राम्रो ज्ञान हुनु, वैदेशिक लगानी भित्र्याउन तथा लगानीकर्तालाई उत्प्रेरणा जगाउने र आर्थिक कुटनीतिक सम्बन्ध राख्न सक्ने क्षमता हुनु, वित्तीय अनुशासन बुझेको तथा कार्यान्वयन गराउन सक्ने क्षमता हुनु, भुक्तानी प्रणालीलाई विद्युतीय माध्यमबाट कारोवार गर्ने योजना ल्याउनु लगायतका कारण रहेको आम विश्लेषण छ ।

अर्काथरी अर्थविद्हरु भने खतिवडा राजनीतिकरुपमा नेकपा एमालेसँग निकट रहेको र प्रधानमन्त्री ओलीको गृहजिल्ला स्थायी घर भएकाले अर्थमन्त्रीको प्राथमिकतामा परेको बताउँछन् । विगतको चुनावमा तत्कालिन एमालेको घोषणापत्र लेखनमा समेत महत्वपूर्ण भूमिका खेलेका खतिवडाले तत्कालिन एमाले–माओवादी केन्द्रको चुनावी घोषणा पत्र समेत तयार पारेको बताईन्छ । प्रधानमन्त्रीलाई सवैभन्दा बढी प्रभाव परेको ठाउँ भनेको खतिवडाले अर्थतन्त्रको बोक्रालाई नभइ, गुदी पक्षलाई प्राथमिकता दिने गर्छन् । अर्थात् अर्थतन्त्रको मजबुती उनको प्राथमिकता हो । उनी अर्थमन्त्री भएर आएदेखि नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहिरहनुले पनि उनी सफलता उन्मुख अर्थमन्त्री हुन् । अर्थतन्त्रका सबै पारोहरु उकालो चढ्नुले सरकारको नाक जोगाई दिएको छ भनेर बुझ्नेहरु पनि उत्तिकै छन् ।

समग्रमा अन्तर्र्रााष्ट्रयले चिनेको र सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई आत्मसाथ गर्न सक्ने भएकाले नै डा. खतिवडालाई प्रधानमन्त्रीले काखी च्यापेको हो भनेर बुझियो भने त्यो गलत हुँदैन । अर्को कुरा उनी जत्तिको अर्थतन्त्र बुझेको नेता पनि नेकपामा कोही छैन । भिडियोमा :

Logo