सिप्रदीद्वारा आफ्नो एप काठमाडौं वर्ल्ड स्कूललाई हस्तान्तरण

सिप्रदीद्वारा आफ्नो एप काठमाडौं वर्ल्ड स्कूललाई हस्तान्तरण


काठमाडौं ।
नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ब्राण्डले आफ्नो एप काठमाडौं वर्ल्ड स्कूललाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौं वर्ल्ड स्कूलमा एक कार्यक्रम आयोजना गर्दै उक्त एप हस्तान्तरण गरेको हो ।

स्कूल बाई अटोम्याटिक्स जिपिएस नाम राखिएको उक्त एप्स विशेषगरी स्कूल र अभिभावकहरुलाई लक्षित गर्दै बनाइएको एप्स हो । स्कूलको व्यवस्थापनमा धेरै अभिभावकहरुको गुनासो आउने गरेको छ । गाडी कहिले चाँडो आउने कहिले ढिला आउने जस्ता मुख्य समस्या देखिएपछि सिप्रदीले स्कूलहरुमा रिसर्च गरेर यो एप्स बनाएको हो ।

‘यस एप्सले स्कूल र अभिभावकहरुलाई एउटा इकोसिस्टममा बाँध्ने सिप्रदीका असिस्टेन्ट म्यानेजर रमेश थापाले बताए’ । साथै यस एप्स ल्याउन १ वर्ष लागेको पनि उनले जानकारी दिए । यो एप्स जि.पि.एस ट्रयाकिङ सिस्टम हो । यस एप्स्ले हाईटेक सर्भिस, विद्यार्थीहरुको सुरक्षादेखि गाडीको गति मापन गर्ने गर्छ ।

स्कूलहरुका लागि यस एप्स्मा  ४ वटा सुविधाहरु राखिएको छ ।

लाईभ ट्रयाकिङ – यसले गाडी कहाँ, कुन ठाउँमा कतिको गतिमा गुडिरहेको अथवा रोकिरहेको थाहा पाउन सकिन्छ ।
हिस्ट्री प्लेब्याक– यसमा गाडीको सम्पूर्ण हिस्ट्रीहरु पत्ता लगाउन सकिन्छ ।
कस्टोमाइज रिपोर्ट – यसमा गाडी गुडेको समय, रोकिएको समय, अन र अफ भएको समय देखाउँछ ।
पुस नोटिफिकेसन – यसमा डिभाइसका सम्पूर्ण नोटिफिकेसनहरु आउँछ ।

अभिभावकहरुका लागि पनि ४ वटा सुविधाहरु राखिएको छ

आइ.ओ.एस. एण्ड एन्ड्रेड एप्स् – अभिभावकले यो डाउनलोड गर्न सकिने ।
लाइभ भेकल्स स्टाटस – गाडीको सम्पूर्ण विवरण, गतिबिधिहरु लाइभ जानकारी पाउन सकिने ।
बस स्टप सेडुल चेन्ज – घरभन्दा बाहिर कतै जाँदा एप्स मार्फत नै लोकेसन चेन्ज गर्न सकिने ।
जिओफेन्सिङ् बस स्टप इन आउट नोटिफिकेसन – गाडी नजिकै आइपुगेको सम्पूर्ण जानकारीको नोटिफिकेसन पाउन सकिन्छ ।

यिनै सुविधाहरुले गर्दा अभिभावकहरु सुरक्षित हुनुका साथै समय व्यवस्थापन गर्न र मानसिक शान्ती पाउनेछन् ।
कार्यक्रममा उक्त एप्स हस्तान्तरण गर्न सिप्रदीका सिइओ राजेशप्रसाद गिरी र इन्द्रप्रित सिंह उपस्थित थिए भने ग्रहण गर्नका लागि काठमाडौं वर्ल्ड स्कुलका व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर मिथलेस कुमार झा, प्रिन्सिपल डा. राजीव क्षत्री उपस्थित थिए ।

Logo