प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्पन्न (भिडियोसहित)

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सम्पन्न (भिडियोसहित)


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण आज सम्पन्न भएको छ। उनको दिउसो ३ बजे मिर्गौला प्रत्यारोपण सम्पन्न भएको हो ।

शिक्षण अस्पतालमा रहेका हाम्रा संवाददाता सरोज बस्यालका अनुसार अस्पतालले केहिबेरमा यसको औपचारिक जानकारी दिंदैछ । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । आज बिहान १० बजे उनको प्रत्यारोपण सुरु भएको थियो । ५ घण्टामा प्रत्यारोपण सम्पन्न भएको थियो ।

शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा उत्तम शर्माको टोली खटिएको थियो । ओलीको उपचारमा २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न डा.अनन्त कुमारसहित दुई जना फिजिसियनसमेत सहभागी छन् ।

उनको शल्यक्रिया भइरहँदा अस्पताल बाहिर भने नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधरणको बिहानैदेखि बाक्लो भिड रहेको छ । सबैले प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

भिडियो :

Skip This
Logo