कोरोनाको प्रभावसँगै माक्सको कालोबजारी बढ्दै (भिडियोसहित)

कोरोनाको प्रभावसँगै माक्सको कालोबजारी बढ्दै (भिडियोसहित)


काठमाडौं ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ७६ वटा देशमा फैलिसकेको छ । शुक्रबार विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको समेत बताएको छ ।

यसको प्रभावले नेपाली बजारमा माक्सको कालोबजारी बढेको छ । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स पाउन छोडेको छ । पछिल्लो एक महिनाको अन्तरालमा नेपालमा माक्सको मुल्य ९० प्रतिशतले बढेको काठमाडौं काडाँघारीका एक सर्जिकल औषधि पसलका सञ्चालक रामचन्द्र पोखरेलले बताए ।

उनका अनुसार कम्पनीबाट नै व्यापारीहरुले माक्स चीनमा निर्यात गर्ने भएकाले नेपाली बजारमा माक्सको अभाव भएको हो । बजारमा एक महिना अगाडि २ रुपैयाँ होलसेल खुद्रा मुल्यमा आउने माक्स अहिले २५ रुपैयाँ पुगेकोले पनि बजारमा यसको मुल्य बढाएर बेच्नु परेको पोखरेलको भनाइ छ ।

काठमाडौंका विभिन्न ठाँउमा माक्सको कालोबजारी गरी बिक्रि वितरण गर्ने गरेको गुनासो आएकाले यसको अनुगमनमा तिव्रता दिइएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । अनुगमनका क्रममा केही पसलले माक्स लुकाएको भेटीएको उनले बताए । त्यसरी माक्स लुकाएर बेच्ने औषधि पसलहरुलाई ५ हजारदेखि २० हजार रुपैंयाँसम्म जरिवाना लिइएको महानिर्देशक सुवेदीले बताए ।

नेपालमा सामान्य अवस्थामा ३० प्रतिशत मानिसहरुले माक्सको प्रयोग गर्दै आएका छन । तर, कोरोना भाइरसको प्रभाव बढेपछि माक्स ८० प्रतिशत मानिसहरुले प्रयोग गर्ने लागेकाले पनि बजारमा माक्सको अभाव भएको औषधी विभागले जनाएको छ । उपत्यकामा सर्जिकल माक्सको उत्पादन गर्ने दुई वटामात्र कम्पनी रहेका छन् ।

यसैबीच कोरोना भाइरसको प्रकोप फैलिएसँगै धेरै पर्यटकको भिडभाड हुने क्षेत्र ठमेलमा यति बेला सुनसान रहेको छ । ठमेलका अधिकांश होटल, रेष्टुरेन्ट तथा बाहिरी पसलहरुमा कोरोनाको प्रभाव देखिएको छ । ठमेल क्षेत्रमा विगत ३० वर्ष देखि पसल तथा रिक्सा चलाउर्दै आएका व्यवसायीहरुले व्यापार शुन्य रहेकाले गरिखान मुस्किल भएको बताए ।

 

Logo