अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्चको आदेश

अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई सर्वोच्चको आदेश


कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा सर्वोच्च अदालतले  अन्तरिम आदेश जारी गरेको छ ।

कोरोना प्रभावित देशबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा स्थलमार्ग र त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्नेहरूको कडाईका साथ स्वास्थ्य जाँच गर्न आदेश दिएकाे छ ।

संक्रमण लाग्न र फैलिन नदिन तथा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन नदिन पनि सर्वोच्चले भनेको छ ।

Logo