स्व.हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिता फागुन २३ देखि

स्व.हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिता फागुन २३ देखि


काठमाडौं ।

काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिता फागुन २३ देखि २५ गते हुने भएको छ ।

काठमाडौं जिल्ला बुद्धिचाल संघले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराएको थियो । काठमाडौं जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष अमृतचन्द्र श्रेष्ठका स्व.आमा हेरा माया श्रेष्ठ स्मृतिमा संघले हरेक वर्षको नारी दिवसको अवसर पारेर राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

स्व.आमा हेरामाया श्रेष्ठको स्मृतीमा उनका छोरा तथा संघका निवर्तमान अध्यक्ष अमृत चन्द्र श्रेष्ठले यस प्रतियोगिताका लागि वार्षिक पचास हजार सहयोग समेतको घोषणा गरेका छन् । काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष नारायण दस गमाल, महिला बुद्धिचालको पूर्व च्याम्पियन मोनालिशा खम्बु, अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसी, नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बिनोद विश्वकर्मा र नेपाल बुद्धिचालका पुरुष च्याम्पियन पुरुषोत्तम चौलागाईं लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम बारे जानकारी गराउदै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष सचिव एवं कार्यक्रम संयोजक प्रविण बहादुर भडेलले देशका सातै वटा प्रदेशबाट प्रतियोगीहरु सहभागी गराउने उद्देश्य रहेको छ र दुई सय सम्म प्रतियोगीहरु सहभागी गराउने लक्ष्य सहित प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए । यस प्रतियोगितामा देशका स्कुल अध्यनरत बिद्यार्थीदेखि बुद्धिचाल उत्कृष्ट महिला खेलाडीहरुको सहभागी हुनेछ ।

प्रतियोगितामा प्रथम बिजेतालाई नगद पच्चीस हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई आठ हजार, चौथोलाई ६ हजार र पाचौंलाई चार हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसै गरि अनरेटेड, १३०० मुनि रेटिंग, १५०० मुनि रेटिंग समुह लगायत १६ बर्ष मुनि, १४ बर्ष मुनि र १२ बर्ष मुनिका उमेर समूहका बिधागत विजेताहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता बिशाल बजारस्थित सःसः ब्याँक्वेटमा आयोजना हुनेछ ।

Logo