प्रधानमन्त्री र शेखर कोइरालाबीच भेटवार्तादेखि हवाई नीति परिवर्तनसम्म (भिडियोसहित)

प्रधानमन्त्री र शेखर कोइरालाबीच भेटवार्तादेखि हवाई नीति परिवर्तनसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका प्रमुख समाचारहरु मध्ये यतिबेला सत्तारुढ दल नेकपाभित्र आन्तरिक किचलो चुलिएको छ । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने विषयमा विवाद उत्कर्षमा पुगेको हो । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग करिव २ घण्टा भेटवार्ता गरेका छन् ।

यस्तै चीनबाट फैलिएको नोबेल कोरोना भाइरस अहिले विश्वका ४९ देशमा फैलिसकेको छ ।

यता युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको छ । नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको हो ।

यसैगरि सरकारले करिव डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । नयाँ हवाई नीति बनाउन गठित कार्यदलले हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुझाएको हो ।

उता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले उपप्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । थप समाचार हेरौं यो भिडियोमा :

 

Logo