यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु


काठमाडौं ।

सरकारले विकास बजेट करको दर बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पु¥याउने निर्णय गरेको हो । यसैगरी आगामी फागुन २०—२१ गते बंगलादेशमा हुने नेपाल—बंगलादेश वाणिज्य सचिवस्तरिय संयन्त्रको पाँचौ बैठकका लागि उद्योग मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेपाल कानून आयोगको सदस्यमा शोभा बुढाथोकी, उद्वव चन्द्र घिमिरे र नारायण नेपाललाई नियुक्त गरेको छ ।

राष्ट्रिय न्याय प्रतिष्ठान परिषद्को सदस्यमा रमा श्रेष्ठ, हरिन्द्र राई र भोजमान लाम्गदेलाई नियुक्त गरेको छ । मन्त्री खतिवडाका अनुसार नेपाल भारतसीमा निरीक्षण समितिको म्याद २०७७ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ । यसैगरी सार्वजनिक, सरकारी र गुठि जग्गा संरक्षण सम्बन्धि जाँचबुँझ आयोगको सदस्यमा महेन्द्रकुमार थापा क्षेत्रीलाई नियुक्त गर्दै जगत देउजाको राजीनामा स्वीकृत गरेको छ ।

यसैगरी समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालत दिपायलका पूर्व मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेललाई नियुक्त गरिएको छ । सदस्यहरुमा टीका बुढाथोकी, ममतादेवी शर्मा र सरस्वती देवी भट्टराईलाई नियुक्त गरिएको छ । सदस्य सचिव नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितिय श्रेणीको अधिकृत रहेको व्यवस्था गरिएको छ ।

 

Skip This
Logo