स्रोत नखुलेको १९ लाख नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको १९ लाख नगदसहित दुई जना पक्राउ


रौतहट ।
सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम १९ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

१९ लाख १ हजार १ सय ५० रुपैयाँसहित रौतहटको कटहरिया नगरपालिका–६ बगही निवासी २० बर्षिय नवल किशोर साह र भारतको सितामढी जिल्ला निवासी २३ बर्षिय सन्नी कुमार पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलिले भारतबाट नेपालको रौतहट आउदै गरेको बी आर ०५ आर ९४६४ नम्बरको मोटरसाईकलमा सबार उनीहरु लाई चेकजाँच गर्दा उक्त रकमसहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड क्वाटर रौतहटले जनाएको छ ।

उनीहरुको साथबाट प्रयोग गरेको मोटरसाईकल, ३ वटा मोबाईल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै उपरआवश्यक कारबाही हुने बताइएको छ ।

Logo