सप्तकोशीमा जेट बोट पुनः संचालन

सप्तकोशीमा जेट बोट पुनः संचालन


विराटनगर।
सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बन्द गरिएका जेटबोटहरु पुनः संचालनमा आएका छन् । संचालन सम्बन्धि कानुनको अभाव र असुरक्षा बढेको भन्दै ब्यवसायीले केहि समयका लागि सेवा अवरुद्ध गरेका थिए । सुनसरीको चतराबाट सप्तकोशी नदीमा संचालन हुँदै आएको मोटरबोट तथा जेट बोटहरुले सेवालाई पुनः निरन्तरता दिएका छन् ।

ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपूर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले गएको २९ माघबाट सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

ब्यवसायीहरुले उठाएका केहि मागहरुलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बाँकी मागहरु पूरा गर्ने आश्वासन पाएपछि ब्यवसायीहरुले सेवालाई निरन्तरता दिएका हुन् । हाल सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढी सम्म जेट बोटहरु संचालन हुँदै आएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo