विद्यार्थी नेता पक्राउको विरोधमा विप्लपले बुधबार शैक्षिक संस्था बन्द गर्ने

विद्यार्थी नेता पक्राउको विरोधमा विप्लपले बुधबार शैक्षिक संस्था बन्द गर्ने


काठमाडौं ।

विप्लव समूहले विद्यार्थी नेता पक्राउ गरेको विरोधमा बुधबार देशव्यापी शैक्षिक संस्था बन्द गर्न आब्हान गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाल र कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाइको माग राख्दै बुधबार शैक्षिक संस्था बन्द गर्न आब्हान गरिएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘ दलाल राज्यको श्वेत आतंकको प्रतिरोध स्वरुप र कमरेडहरुको स–सम्मान रिहाइका लागि केन्द्रीय कार्यक्रम अनुसार फागुन १४ गते देशभर रहेका सामुदायिक, निजी तथा प्राविधिक शैक्षिक संस्था बन्द गरिदिनुहुन अपिल गर्दछौं।’

त्यस्तै विज्ञप्तिमा देशमा अहिले केपी र वादल कम्पनीले फासीवाद सत्ता चलाइरहेको आरोप समेत लगाइएको छ ।

Logo