प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघको उल्टो जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघको उल्टो जुलुस


काठमाडौं ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिंडेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन् । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Logo