सूर्यविनायक–जडिबुटी सडकखण्डमा नयाँ लेन अनुशासन (भिडियोसहित)

सूर्यविनायक–जडिबुटी सडकखण्डमा नयाँ लेन अनुशासन (भिडियोसहित)


काठमाडौं । बुधबारदेखि सूर्यविनायक–जडिबुटी सडकखण्डमा नयाँ ट्राफिक नियम लागू हुने भएको छ । दुर्घटना न्यूनिकरण गर्न सवारीको गतिका आधारमा छुट्टाछुट्टै लेनको व्यवस्था गर्न लागिएको हो ।

कार्यान्वयनमा आउन लागेको नयाँ नियम अनुसार अब यात्रुबाहक, मालबाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ लेनबाट चल्नेछन् भने निजी सवारीसाधनहरु दाहिने लेनबाट चल्नेछन् । त्यस्तै लामो दुरीका सवारीसाधन बीचको लेन र तिव्र गतिमा गुड्ने तथा निजी सवारीसाधन बीचको दायाँ लेनबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ । सुरुसुरुमा अन्याेलता भए पनि यसकाे कार्यान्वयन भएमा ट्राफिक व्यवस्थापन सहज हुने बताइएकाे छ ।

उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन यो नियम कार्यान्वयन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी परिसरका प्रमुख भीम ढकालले जानकारी दिए । यातायात व्यवसायीहरुले लेन प्रयोग र व्यवस्थापनका लागि प्रतिवद्धता समेत जनाइसकेका छन् । त्यसक्षेत्रमा हुने ट्राफिक जामलाई मध्यनजर गर्नै जाम कम गराउनकाे लागि याे नियम लागु गर्न लागेकाे ढकालले बताए । लागु गर्न लागिएकाे नयाँ नियम कार्यन्वयनमा आएसँगै जान धेरैकम हुने उनले बताए ।

कार्यान्वयन सहज बनाउन ट्राफिक उज्यालो अभियान समेत यो क्षेत्रमा सञ्चालन गरिने छ । सुर्यविनायकदेखि जडीबुटीसम्म सडकमा देखिने गरि लेनबारे जानकारी गराइने ढकालको भनाइ छ । लेन अनुशासन प्रयोगमा सुरुमा सचेतना गराइने र त्यसरी पनि लेन अनुशासन नमाने कारवाहि गरिने ट्राफिक प्रहरी प्रमुख ढकालले बताए । सचेतनाका लागि ट्राफिक उज्यालाे अभियानलाई थप व्यवस्थित गर्न लागेकाे महानगरीय ट्राफिक प्रहरी परिसरले जनाएकाे छ ।

प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले तयार पारेको प्रतिवेदनका आधार लेन निर्धारण गरि सवारी सञ्चालन गर्न लागिएको हो । लेन कार्यान्वय गराउनु पुर्व सडक विभाग र भक्तपुरका प्रतिनिधी सम्मिलित ६ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo