एमसिसी पास गर्न अमेरिकाको दबाव (भिडियो सामग्री)

एमसिसी पास गर्न अमेरिकाको दबाव (भिडियो सामग्री)


काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन नगर्न सुझाव दिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय उक्त टोलीले शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउँदै एमसीसी जस्ताको तस्तै पारित नगर्न सुझाव दिएका हुन् ।

संयोजक खनालले सम्झौतामा बाझिएका विषयहरुमाथि अमेरिकी अधिकारीसँग छलफल गरेर समाधान हुने बताए । ‘हामीले सुधार गर्ने बुँदा केलाएर त्यसको विकल्प र उपायसहित सुझाव दिएका छौं।’ उनले भने । उनलेसम्झौताको भाषा अपमानजनक रहेको बताउँदै ‘न्युयोर्क स्टेटको कानून नेपालमा लागू हुनेछ’ भन्ने बुँदा समेत उल्लेख रहेको बताए । खनालले दर्जन बढी सहायक सम्झौतालाई अधिक सच्याउनुपर्ने बताउदैबाझिएका विषय संसोधन गरेर एमसीसी पारित गर्न मिल्ने बताए ।

यता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने पनि बताए ।

यता एमसीसी पारित गराउनअमेरिकाले घुमाउरो शैलीमा कूटनीतिक दबाब दिएका छन्। पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण पनि बाक्लिएका छन् । दुई साताअघि एमसीसीका युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिका हेर्ने सहायक उपाध्यक्ष जोनाथल ब्रुक्स नेपाल आएका थिए। त्यस्तै अमेरिकी कंग्रेसको एसिया प्रशान्त क्षेत्र हेर्ने अन्तर्रा्ष्ट्रिय मामला उपसमितिका अध्यक्ष एमी वेरासहितको प्रतिनिधिमण्डलले पनि नेपाल भ्रमण गररहेका छन् ।

प्रतिनिधिमण्डललेसरकारी अधिकारी, नागरिक समाजका अगुवा, दूतावासका कर्मचारी र एमसिसीका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने नेपालस्थित दुतावासले जनाएको छ ।

अन्योलमा एमसिसी

एमसीसीको अध्ययन गर्न गठन गरिएको कार्यदलले यथास्थितीमा एमसीसी संसदबाट अनुमोदन नगर्न सुझाव दिएको छ ।यता अमेरिकाले भने एमसीसी पारित गराउनघुमाउरो शैलीमा कूटनीतिक दबाब दिइरहेका छन् ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, February 22, 2020

Logo