शिवरात्रिमा हराएका २३३ लाई आफन्तको जिम्मा

शिवरात्रिमा हराएका २३३ लाई आफन्तको जिम्मा


काठमाडौं ।

नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

हराएका भक्तजनको सुरक्षा एवं विविध मानवीयसेवा पु¥याउने उद्देश्यले सामुदायिक सेवा केन्द्र चावहिल लगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरिएको थियो । फेला परेकामा आठ जना बालबालिकासमेत छन् ।

उक्त पोष्ट तथा कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । विगतमा भिडमा आफन्त हराएको गुनासो बढेकाले यसपाली व्यवस्थित रुपमा खोजखबर कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ५०० भन्दा बढी सुरक्षाकर्मी खटाएकाले अप्रिय घटना भने हुन नपाएको जनाइएको छ ।
रासस

­­­

Skip This
Logo