१९ वटा वाणिज्य बैंकको ब्याजदर घट्दै (भिडियोसहित)

१९ वटा वाणिज्य बैंकको ब्याजदर घट्दै (भिडियोसहित)


काठमाडौं ।

१९ वटा वणिज्य बैंकको ब्याजदर घट्ने भएको छ । हालसम्म सार्वजनिक भएका २७ वटा वाणिज्य बैंकमध्ये १९ वटा बैंकको बेस रेट गतवर्षको भन्दा घटेको देखिन्छ भने ८ वटा बैंकको मात्रै बढेको देखिन्छ ।

पुस मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै बेस रेट बढ्नेमा नेपाल बैंक परेको छ । नेपाल बैंकको बेस रेट १.७६५ ले बढेर ७.८२५ पुगेको छ । नबिल, नेपाल, एभरेष्ट, एसबीआई, नेपाल बैंक, प्रभु, एनएमबी, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंक लगायतको बेस रेट बढेको छ । सबैभन्दा धेरै बेस रेट सेन्चुरी कमर्सियल बैंकको घटेको छ । बैंकको बेस रेट १.१५५ ले घटेर १०.३५५ मा झरेको छ । सबैभन्दा धेरै बेस रेट सिभिल बैंकको १०.९८५ छ भने सबैभन्दा थोरै बेस रेट राष्ट्रिय वाणिज्य बैंकको ६.६०५ रहेको छ ।

बैंकहरुले बेस रेटमा केही प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्ने गर्छन् । यसकारण बेस रेट घट्दा कर्जाको ब्याजदर पनि घट्ने भएको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता) सहज हुन थालेकाले निक्षेपको ब्याजदर पनि घट्ने भएको छ । निक्षेपमा कम ब्याज पाइने भएपछि निक्षेपकर्ताहरुले सेयर बजारमा लगानी गर्न थालेको बताइन्छ । पछिल्लो समय शेयर बजार पनि उकालो चढ्ने क्रममा छ । बैंकहरुले पनि सेयर कर्जालाई प्राथमिकता दिने आंकलन गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

 

Logo