एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार

एनसेलद्वारा मासिक र साप्ताहिक विजेताहरुलाई नगद पुरस्कार


काठमाडौं ।

एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

इलामकी गंगामाया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना संचालन गरेको थियो ।

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन् । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्रहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या के.सीले बिहीबार एक कार्यक्रम माझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

यसअघि पुष १६ मा सिराहाका जितेन्द कुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार १० लाख ग्रहण गरिसकेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

Logo