जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात

जुम्लाबाट ६१ प्रकारका जडीबुटी निर्यात


जुम्ला ।

चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो ग्राम जडीबुटी निर्यात भएको छ ।

जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ ।

काठबाट चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक वन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा विभिन्न प्रकारका जडीबुटी लोप हुने अवस्थामा रहेकाले वन र जडीबुटी संरक्षणमा जोड दिइएकोे तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए ।
रासस

Skip This
Logo