अर्काको घरमा ग्रिनेट बम राख्ने पूर्व सैनिक पक्राउ

अर्काको घरमा ग्रिनेट बम राख्ने पूर्व सैनिक पक्राउ


ललितपुर ।

अर्काको घरमा ‘प्याष्टिक ह्याण्ड ग्रिनेट’ राख्ने एक जना पूर्व सैनिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार ललितपुरको गोदावरी नगरपालिका– ५ लेलेबाट नेपाली सेनाका पूर्व हबल्दार राजकुमार सार्कीलाई पक्राउ गरिएको हो ।

स्थानीय सुकराम मिजारको घरमा ग्रिनेट फेला परेपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सार्कीले राखेको पत्ता लागेपछि पक्राउ गरिएको जनाइएको छ । ग्रिनेट राख्नुको कारण भने खुलेको छैन ।

घटनाको विषयमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त ग्रिनेटलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको छ ।
रासस

Logo