लागुऔषध दुर्व्यसन : समस्या र समाधान

लागुऔषध दुर्व्यसन : समस्या र समाधान


  • प्रताप पौडेल

कुनै पनि औषधी जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यो नै लागुऔषध हो । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । व्यक्तिको सकारात्मक चेतना, मन, क्षमतालाई प्रत्यक्ष असर पार्दछ भने स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ यस्तो पदार्थ नै लागुऔषध हो ।

दुर्व्यसनका लक्षण के,के हुन् ?

लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्नेहरूको जिम्मेवारी समेत लिन असफल रहन्छन् । सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ ।

लागुऔषध दुर्व्यसन कुलत बन्न सक्छ ?

प्रतिकूल सामाजिक, मानसिक र शारीरिक परिणामहरूका साथै कुलत एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी, अपरिहार्य र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ । यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ । कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ । जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्कसंगत छनौट गर्ने क्षमता हराउँछ, ऊ कुलतमा फसिसकेको हुन्छ ।

ब्यक्ति लागुऔषधको कुलतमा किन छिट्टै फस्दछ ?

केही लागूपदार्थसँगै, कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ । केहि पटक सेवन गरिसके पश्चात पुनः सेवन गर्ने इच्छा जागेर आउँछ र त्यो इच्छा अनियन्त्रित हुन्छ । यी इच्छाहरू यस्ता वलिया हुँदै जान्छन् की सबैकुरा त्याग्न सक्दछ तर लागुऔषध सेवन त्याग्नै सक्दैनन् । यस्तो छिट्टै लाग्ने र छिट्टै बानी पर्ने पदार्थ भएकोले यो निकै खतरा समेत छ ।

लागुऔषधको सामाजिक प्रभाव

जुन समुदायमा उच्च मात्राको लागुपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका अपराधिक घटनाहरु वढि मात्रामा घटित भईरहेका हुन्छन् । वढिजसो आपराधिक क्रियाकलापमा लागुऔषध दुर्व्यसनिहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुर्व्यसनकै कारण भएको पाइन्छ भने अव्यवस्थित र विना योजनापूर्ण यौन सम्पर्कको कारण बढी गर्भधारण र यौन प्रशारित रोगहरू फैलिनुको मुख्य कारक पनि लागुऔषध दुर्व्यसन नै हो ।

जसले घरबार विहीन हुने, बेरोजगारी वढ्ने र लागूपदार्थकै कारण मृत्‍युदर र औसत आयुमा समेत नकारात्मक असर पारिरहेको कुरा हाम्रो सामाजिक आँकडामा स्पष्ट छ । यसैगरी धेरैजसो लागुपदार्थहरूले गर्भावस्थाको भ्रुणमा असर गर्दछ । मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शारीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ । कोकिनको प्रयोगले जन्मदेखि अपाङ्ग हुन सक्छ ।

समाधान के छ त ?

एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ । प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रयोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ । एक व्यक्तिले जे बाहाना बनाएपनि, सुँघ्ने लागुपदार्थ तथा कुलत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन आफूलाई र तिनीहरूलाई वरिपरि अन्य मानिसहरूलाई खतरनाक र हानिकारक हुन्छ ।

एक व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो । दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मद्दत इन्कार गर्दछन् । हामी सजग हुनुपर्दछ की लागुऔषध दुर्व्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पारिरहेको हुन्छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैह्रसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्दछ ।

(लेखक हाल नेपाल प्रहरीमा कार्यरत छन्)

Logo