पूर्वसभामुख महरा अब सा‌ंसद

पूर्वसभामुख महरा अब सा‌ंसद


काठमाडौं ।  जबरजस्ती करणी अभियोग लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाडौं जिल्ला अदालतले मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ।  निर्दोष ठहर भएसँगै सा‌ंसदमा पुनर्बहाली हुने बाटाे खुला भएकाे छ ।

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवा सुविधा लिन महरा वञ्जित थिए । तर अव उनी सांसदकाे रुपमा  रहन पाउने भएका छन् । रिहा भएका सांसदले अदालतको फैसला संसद्‍मा बुझाएपछि सांसदको रूपमा काम गर्न पाउने व्यवस्था अनुसार काम गर्न पाउनेछन् ।

महरालाई जिल्ला अदालतले निर्दोष साबित गरे पनि सरकारवादी उक्त मुद्दामा पुनरावेदनको बाटो भने खुल्ला नै छ तर पुनरावेदन गर्ने नगर्ने सरकारी वकिल कार्यालयले निर्णय नगरेकाे सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी नुमराज खनाल बताए-”हामीले मुद्दा फैसला भएकाे कुरा समाचारबाट मात्र थाहा पाएका हाै‌ं । फैसलाकाे पूर्णपाठ नहेरिकन केही भन्न सकिने अवस्था छैन ।”

 

Logo