नेपाल टेलिकमकाे सस्तो अनलिमिटेड प्याक खरिद गर्ने तरिका

नेपाल टेलिकमकाे सस्तो अनलिमिटेड प्याक खरिद गर्ने तरिका


नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि उपलब्ध गराइरहेको अनलिमिटेड भ्वाइस र डाटा प्याक प्याकहरु निकै नै लोकप्रिय छन् । सस्तो मूल्यमा तोकिएको समयावधीमा कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भएपछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएका हुन् ।

विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ ।

विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *१४१५*८#  डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै FDPACK  टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।

त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *१४१५*९*२# डायल गर्न सकिन्छ । सिधै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *१४१५*१*५*४# डायल गर्न सकिन्छ । सिधै NVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।

अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *१४१५*३# डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NVUNLर ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइट www.ntc.net.np बाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

बाँकी प्याक थाहा पाउने तरिका 

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *१४१५*५५#  डायल गर्न सकिन्छ । त्यसैगरी VL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।

Skip This
Logo