चिनियाँ राजदूत यान्छी र वामदेव गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

चिनियाँ राजदूत यान्छी र वामदेव गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाडौं ।

राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । विहिबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

नेकपाभित्र विवाद हुँदा सक्रिय हुने चिनियाँ राजदूत यान्छीसँग गौतमको भेटलाई महत्वका साथ हेरिएको छ । नेता गौतम र राजदूत यान्छीबीच बिहीबार दिउसो काठमाडौंको नक्सालमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।

नेकपा उपाध्यक्षसमेत रहेका नेता गौतम भने दुवै समूहमा खुलेर लागेका छैनन् । उनले अझै पनि पार्टी एकतामा जोड दिएका छन् ।अन्नपूर्णबाट

Logo