गायक सुमित खड्काको आवाजमा रहेको नयाँ गीत ‘म कदापी चाहन्न’ बजारमा (भिडियो)

गायक सुमित खड्काको आवाजमा रहेको नयाँ गीत ‘म कदापी चाहन्न’ बजारमा (भिडियो)


काठमाडौं ।

गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्रभक्तिले भरिएको नयाँ गीत बजारमा आएको छ । ‘म कदापी चाहन्न’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतमा शक्ति बल्लभको संगीत तथा लक्ष्मण राईको शब्द रहेको छ । यसको भिडियोलाई आयुष घले मगरले निर्देशन गरेका हुन् ।

निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतले युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरेको छ। गीतको भिडियोलाई आयुष घले मगरले छायाँकन तथा सम्पादन गरेका हुन् भने यसलाई सदिश जोशीले सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा दीपक भण्डारी, नुरज ठकुरी र प्रदिप थापाले अभिनय गरेका छन् ।

Logo