तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

तोकिएको समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी


मकवानपुर ।

गृहमन्त्री रामबहादुर थापा (बादल) ले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन् । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबार तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेपछि उनले समयमै निर्माण नगर्ने ठेकेदारलाई एकपटक समय दिदा पनि सम्पन्न नगरे कानुनी रुपमा कारबाही गर्ने बताएका हुन्।

‘सरकारको दुई वर्ष भएको अवसरमा ठेक्कापट्टा, विकास, निर्माण सम्बन्धि कुरा आज संसदमा पनि उठेको थियो, अहिले धेरै परियोजना अलपत्र अवस्थामा छन्,’ उनले भने, ‘ठेकेदारहरुले अलपत्र अवस्थामा पु¥याई दशकौं हुँदा पनि बाटो, पुल, अन्य निर्माणको कामहरु पुरा भएका छैनन्।’

समयमै निर्माण नहुँदा अख्तियारको पनि ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले ठेक्का सम्बन्धि सयौं उजुरी परेकाले सरकारले त्यस्ता ठेकेदारहरुलाई अन्तिम मौका दिने निर्णय गरेको खुलासा गरे।

‘यदि उनी (ठेकेदार) हरुले अवसर दिँदा पनि समयमा निर्माण कार्य पुरा गरेनन् भने कारबाही गर्ने सरकारको नीति रहेको छ,’ उनले भने।

मदन भण्डारी (मध्य पहाडी) लोकमार्गस्थित मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा नौ वर्ष वित्दापनि पुल निर्माण नभएकोमा संसदमा पनि कुरा उठेको भन्दै उनले निर्माण कम्पनीलाई ठेक्का रद्द गरेर कारबाही गर्ने बताए।
नागरिकबाट

Logo