फागुनमा मात्रै तीन नायिकाको विवाह (भिडियो)

फागुनमा मात्रै तीन नायिकाको विवाह (भिडियो)


फागुनमा एक नायिकाको बिहे भइसकेको छ भने दुई नायिकाको बिहेको मिति टुङ्गो लागेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रबार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति थियो । ‘कबड्डी’ र कबड्डीको सिक्वेल फिल्मपछि रिश्माले ‘झुम्की’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ फिल्ममा पनि अभिनय गरेकी छन् ।

त्यस्तै तीन वर्षदेखि प्रेममा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्वीर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरेकी हुन् ।

त्यस्तै एक वर्षयता डा. उदिप श्रेष्ठको प्रेममा रहेकी अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । फागुन पहिलो हप्ता उनको टिकाटालो हुँदैछ भने फागुन २९ गतेलाई उनको विवाहको मिति तय भएको हो । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेका छन् भने फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको बताइएको छ ।

 

Logo