मेलम्चीको पानी असारसम्म काठमाडौं ल्याइने (भिडियोसहित)

मेलम्चीको पानी असारसम्म काठमाडौं ल्याइने (भिडियोसहित)


काठमाडौँ ।
काठमाडौंमा खानेपानी व्यवस्थापन गर्न भन्दै सन् १९७२ मा विश्व बैंकको सहयोगमा सम्भाव्यता अध्ययन गरी सन् १९८८ बाट मेलम्ची उत्तम मुहान निस्चित भयो । निर्माण सुरु भएको दुई दशकमा ९५ प्रतिशतभन्दा बढि निर्माणको काम सकिएको छ । योसँगै केहि आशा गर्न भने सकिन्छ ।

खानेपानीमन्त्री बिना मगरले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता दोहो¥याएकी छन् । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र जारी गर्दै खानेपानीमन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बताएकी हुन् ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम असार मसान्तसम्म सम्पन्न नहुने भएकाले तत्कालका लागि अल्टरनेट ड्यामबाट पानी ल्याउने व्यवस्था गरिएको बताए । उनले सुरुङ्ग सम्पन्न तथा अस्थाई रुपमा पानी डायभर्सनका लागि नयाँ नियुक्त निर्माण व्यवसायी सिनो हाइड्रोबाट भएको साइट व्यवस्थापन तथा निर्माण कार्य सन्तोषजनक रहेकाले २/३ महिना पहिले नै काम सक्ने विश्वास गरिएको बताए ।

३१ अर्व ३६ करोड लागतमा निर्माण भइरहेको मेलम्चीको निर्माणको चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । सम्झौता अवधि अनुसार २०७७ पुसभित्र निर्माण सम्पन्न गरेमा ४२ लाख जनसंख्याको लागि दैनिक १३ करोड ६० लाख लिटर पानी आउनेछ । दैनिक ४३ करोड लिटर पानी माग हुने काठमाडौंमा १० करोड ३० लाख लिटर पानी मात्र हाल पूर्ति भइरहेको छ ।

हालसम्म आयोजनाको ९५.१२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको आयोजनामा २९ मंसिर ०७५ देखि इटालियन कम्पनी सिएमसीले काम छाडेपछि ११ महिना निर्माण ठप्प बनेको थियोे । सरकारले पुस मसान्त ०७७ भित्र काम सक्नेगरी गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएपछि पुनः काम सुचारु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Skip This
Logo