सरकारको समीक्षादेखि क्यान इन्फोटेकको रौनकसम्म (भिडियोसहित)

सरकारको समीक्षादेखि क्यान इन्फोटेकको रौनकसम्म (भिडियोसहित)


काठमाडौँ ।

गएको असोज ५ गतेदेखि केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।

आजका समाचारहरु मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पूरा भएको छ । यतिबेला सरकारको समीक्षा भइरहेको छ । आमसर्वसाधारण र विश्लेषकहरुले प्रधानमन्त्री ओलीको कार्यकाललाई ‘जष्ट पास’ भनेर टिप्पणी गरिरहेका छन् ।

यता खानेपानीमन्त्री बिना मगरले आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता दोहो¥याएकी छन् । मेलम्ची खानेपानी आयोजनाको स्वेत पत्र जारी गर्दै खानेपानीमन्त्री मगरले असार मसान्तसम्म मेलम्चीको काम सम्पन्न भई काठमाडौंमा पानी ल्याइसक्ने बताएकी हुन् ।

कोरोना भाइरसको त्रासमा रहेका नेपालीहरुलाई ल्याउन शनिवार नेपाली विमान हुवेइको राजधानी वुहानका लागि उड्ने भएको छ । त्यहाँबाट १८७ जना नेपालीलाई लिएर उक्त विमान आइतवार बिहान २ः १५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । हेरौं यो भिडियोमा :

Skip This
Logo