सर्वोच्चद्वारा अख्तियारसँग लिखित जवाफ माग

सर्वोच्चद्वारा अख्तियारसँग लिखित जवाफ माग


काठमाडौँ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण पेश गर्न अख्तियारसँग सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्दै बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाउनका लागि मागदावी गरेका थिए । त्यसै उजुरी उपर आज सुनुवाई गर्दै सर्वोच्चले अख्तियारसँग लिखित जवाफ माग गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले शुक्रवार पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपालविरुद्ध मुद्दा नचलाउनुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेशको विषयमा दोस्रो सुनुवाइमा सबै पक्षलाई उपस्थित हुन समेत भनेको छ । दोस्रो सुनुवाइमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय हुने भन्दै सर्वोच्चले हाललाई लिखित जवाफ मात्र माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Skip This
Logo