कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौंः अध्यक्ष दाहाल

कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौंः अध्यक्ष दाहाल


चितवन ,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताएका छन् । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा चितवनद्वारा विहिबार भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धेरै वर्षसम्मको वैचारिक बहस र कसरतपछि शान्ति प्रक्रिया र पार्टी एकीकरणका काम भएको बताए ।

‘‘तत्कालीन नेकपा एमाले र माओवादीबीचको शृङ्खलाबद्ध वार्ताले देशलाई सङ्घीय गणतन्त्रमा लैजाने अठोट गरेको हो’’, उनले भने,“त्यसले देशलाई युगीन परिवर्तन ग¥यो ।” दाहालले कसैको नक्कल गरेर क्रान्ति नगरको भन्दै नेपालको क्रान्तिमा आफ्नैपन रहेको बताए । ‘‘नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्”, उनले भने,“यो सही विचारका कारण हुनसक्यो ।”

कम्युनिष्ट कमजोर अरुका कारण नभई आफ्नै कारणले हुने गरेको उनले बताए । ‘‘कम्युनिष्ट आन्दोलन प्रतिक्रियावादीको सङ्घर्षमा पराजित भएको छैन्”, उनले भने,“आफैं भित्र देखा पर्ने विसङ्गति, विचलन र विकृतिले आफैँ सिद्धिने गरेका छौँ ।”

‘‘पार्टी एकता हतपत आवेगमा विचार नै नगरी भएको हो भन्ने कतिपयलाई लाग्न सक्छ”, अध्यक्ष प्रचण्डले भने,“यसका लागि धेरै वैचारिक बहस भएका छन् ।” पार्टी र सिद्धान्त समय र परिस्थिति अनुसार परिवर्तन हुनुपर्ने उनले बताए ।

नेपालमा हतियार नउठाएका पार्टीको राजनीतिक अस्तित्व नरहेको जिकिर गर्दै २००७ सालको जनक्रान्ति, २०२८ सालको झापा विद्रोह र २०५२ सालको जनयुद्धमार्फत आएका पार्टी नै नेपालमा स्थापित भएको उनको भनाइ थियो ।
रासस

Logo