कोरोना भाइरसबारे विश्वव्यापी चिन्ता : मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो

कोरोना भाइरसबारे विश्वव्यापी चिन्ता : मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो


हुवेई ।
चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा मात्र १ हजार ३५५ जनाको मृत्यु भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् ।

कोरोना भाइरसका हुवेई प्रान्तमा बुधबार मात्रै थप २ सय ४२ जनाको मृत्यु भएसँगै मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर १३ सय ५७ पुगेको हो । सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ ।

“मलाई लाग्छ फेब्रुअरीको मध्यदेखि अन्त्यसम्ममा यसको जोखिम उच्चस्तरमा पुगेको हुन्छ,” चीनको राष्ट्रिय स्वास्थ्य आयोगका चर्चित वैज्ञानिक झोङ नान्शानले भने ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जेनेभामा भाइरसका बारेमा विशेष सम्मेलनको आयोजना गरेको छ भने सम्मेलनमा बोल्ने मुख्य वक्ता टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताएका छन् ।

“हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौँ,” उनले भने । त्यही सम्मेलनमा यो भाइरसको नाम कोभिड-१९ राखिएको घोषणा गरिएको थियो । को भन्नाले कोरोना, भीआई भन्नाले भाइरस र डी भन्नाले डिजिज (रोग) भन्ने बुझाउन र सन् २०१९ मा देखिन शुरु भएकोले कोभिडको पछाडी १९ देखिएको उनीहरूले बताएका छन् ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो । यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।
रासस

Logo