अमेरिकामाथि नेपालको सानदार जित

अमेरिकामाथि नेपालको सानदार जित


काठमाडौं।

नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । आजको खेलमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिसँगै भेटाएपछि अमेरिकालाई पराजित गरेको हो ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरेको थियो । अमेरिकाले १२ ओभरको खेल सकिंदा सबै विकेट गुमाएर जम्मा ३५ रन मात्र बनाएको थियो ।

आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले ६ तथा सुशन भारीले ४ विकेट लिएका थिए । लामिछानेले एकै ओभरमा २ विकेट लिएका थिए ।

यस अघिको खेलमा पनि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो भने ओमानसँगको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Logo