अमेरिकाले नेपाललाई दियो इतिहासकै न्यून स्काेर

अमेरिकाले नेपाललाई दियो इतिहासकै न्यून स्काेर


काठमाडौं। आजको खेलमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य दिएको छ । यो न्यून स्काेर ओडिआइ खेल अन्तरगत इतिहासकै न्यून स्काेर हाे ।

सन् २००४ मा जिम्बाब्वेले श्रील‌ंकालाई दिएकाे स्काेरसँग बराबर गरे । तर ओभरकाे हिसाबले नेपालले १२ ‌ओभरमात्र बलिङ गर्दा सन् २००४मा श्रीलंकाले १८ ओभर बलिङ गरेकाे थियाे ।

नेपालले टस जितेर पहिले बलिङ गरेको थियो । ब्याटिङ गरिरहेको अमेरिकाले १२ ओभरको खेल सकिंदा सबै विकेट गुमाएर जम्मा ३५ रन मात्र बनाएको छ । नेपालका लागि सन्दीप लामिछानेले ६ तथा सुशन भारीले ४ विकेट लिएका छन् । लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।

 

Logo