आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिकाको खेल चल्दै

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र अमेरिकाको खेल चल्दै


काठमाडौं।

आइसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत अहिले कीर्तिपुरमा नेपाल र अमेरिकाको खेल भइरहेको छ । आजको खेलमा नेपालले राम्रो प्रर्दशन गरेको छ ।

नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको अमेरिकाले ९ ओभरको खेल सकिंदा ६ विकेट गुमाएर जम्मा ३० रन मात्र बनाएको छ । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा सुशन भारीले २ विकेट लिएका छन् । लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन् ।

नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

Logo