रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु

रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु


रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा बंगलादेशको दक्षिण तटमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो।

मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले जनाएको छ।

७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन्। उक्त डुंगामा करिब १३० जना सवार थिए।

Logo