काँग्रेसले कानूनी र राजनीतिक रुपमा गच्छदारकाे पक्षमा सामना गर्ने

काँग्रेसले कानूनी र राजनीतिक रुपमा गच्छदारकाे पक्षमा सामना गर्ने


काठमाडौं ।

नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामाथि राजनीतिक र कानूनी रुपमा सामना गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति गच्छदारलाई लागेको मुद्दामाथि राजनीतिक र कानूनी दुवै ढंगले सामना गर्ने विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।

उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार सरकारको छाया बनेको निश्कर्ष कांग्रेसको रहेको समेत बताए । शर्माले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मन्त्रीपरिषदबाट भएको नीतिगत निर्णयमा मन्त्रीलाई तान्न नमिल्ने भएकाले कांग्रेसले राजनीतिक रुपमा समेत सामना गर्ने बताए ।

संसदका सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलले नै निर्णय लिने र यसमा बैठकले कुनै निर्देशन नदिएको समेत उनले बताए । शर्माले संसदीय दलले आवश्यकता अनुसार मंगलबार निर्णय गर्ने समेत जानकारी दिए ।

त्यस्तै बैठकले फागुन तीन गते सरकार गठन भएको दुई वर्ष पुरा हुने र यो अवधिमा सरकारले जनविरोधी विधेयकहरु ल्याएको, शान्ति सुरक्षाको स्थिति खस्केको र भ्रष्टाचारका विषयलाई कारबाही गर्ने नाउँमा उन्मुक्ति दिदै संस्थागत ढंगले संरक्षण गरेको निष्कर्ष निकालेको प्रवक्ता शर्माले बताए ।

Logo