टीका प्रसाई र लेखराज गुरुङको ‘नसकिने भो’ सार्वजनिक

टीका प्रसाई र लेखराज गुरुङको ‘नसकिने भो’ सार्वजनिक


काठमाडौं ।  पछिल्लो समयकी चर्चित र व्यस्त गायिका टिका प्रसाईको नयाँ गीत नसकिने भो सार्वजनिक भएको छ । उनलाई गायक लेखराज गुरुङले साथ दिएका छन् । यस गीतकाे रचना टिका आफैले गरेकी हुन् ।

गीतको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माकाे  अभिनय रहेकाे छ ।  त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको यस गीतमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।

त्यस्तै गीतमा उदय राज पौडेलको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ । प्रिज्मा स्टुडियोमा रेर्कडिङ गरिएको गीतलाई सोमबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Logo