चीनबाट ल्याउने नेपालीहरूलाई खरिपाटीमा राख्ने सरकारको निणर्यप्रति स्थानीयको आपत्ति

चीनबाट ल्याउने नेपालीहरूलाई खरिपाटीमा राख्ने सरकारको निणर्यप्रति स्थानीयको आपत्ति


  • सृजना राई
    भक्तपूर ।

चीनबाट ल्याउने नेपालीहरूलाई आफ्नो ठाउँमा राख्न खोजिएको भन्दै भक्तपुर खरिपाटीका स्थानीय आन्दोलित भएका छन् । चीनबाट फर्काइने नेपालीहरूलाई भक्तपुर खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको निर्णयको विरोधमा स्थानीयबासीले आन्दोलनको चेतावनी दिएका हुन् ।

सरकारले भाइरस संक्रमित ठाउँबाट ल्याईएका नागरिकहरूलाई विना तयारी तालिम केन्द्रमा राख्न खोजेको भन्दै उनीहरूले जोखिमको संभावनातर्फ सरकारको ध्यानाकर्षण गराए । स्थानीयहरूमा अहिले संक्रमणको मनोबैज्ञानिक त्रास भएकाले उक्त स्थानको अन्यत्र उपयुक्त विकल्प खोज्न सरकारलाई चाँगुनारायण नगरपालिकाले अनुरोध गर्दै यस निर्णयप्रति विज्ञप्ति जारी गरेको छ ।

हाल विश्वभर त्रासदिपूर्ण महामारीको रुप लिईरहेको कोरोना भाइरस नेपालमा पनि त्यतिकै प्रचारमा रहेको छ । नेपाल सरकारले चीनमा रहेको नेपाली विद्यार्थीहरू र चीनमा रहेका नेपाली नागरिकहरूलाई नेपाल फर्काउने तयारी गरिरहेको छ । नेपाल सरकारले लामो समय लगाएर चीनबाट फर्काएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्रमा राख्ने निर्णय गरेको छ । तर, खरीपाटीका स्थानीयहरू भने सरकारको यो निर्णयमा सहमत भएका छैनन् । खरिपाटी भक्तपुरमा चीनबाट फर्काएका नागरिकहरूलाई क्वारेन्टाइनमा राख्ने भनिएको छ । यस विषयलाई लिएर अहिले स्थानीयहरू त्रासित भएका छन् ।

नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र अगाडि स्थानीयले, बाँच्न पाउने सबै नागरिकको अधिकार हो, नेपाल सरकार खबरदार, कोरोना भाइरस रोगको उपचार बस्ति एरियामा गर्न पाइदैन, स्थानीयको स्वास्थ्यमा खेलवाड गर्न पाईंदैन, सरकारले गरेको खरिपाटी तालिम केन्द्रमा उपचार केन्द्र राख्ने निर्णय फिर्ता गर, उपचारको नाममा स्थानीय बासिन्दालाई विस्थापित गर्न पाइदैन, भन्दै विरोध गरिरहेका छन् ।

स्थानीयहरूका अनुसार यस विषयमा उनीहरूलाई केही जानकारी नदिएको गुनासो छ । यो निर्णय लिनु अघि कमसे कम स्थानीयहरूलाई कोरोना भाइरसको बारेमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने उनीहरूको माग छ । कोरोना भाइरसबाट कसरी बच्ने जस्ता सतर्कता अपनाउने सल्लाह सुझाव नदिएकोमा स्थानीय धेरै आक्रोसित छन् । अहिले संक्रमणको मनोबैज्ञानिक त्रास भएकाले उक्त स्थानको अन्यत्र उपयुक्त विकल्प खोज्न सरकारलाई चाँगुनारायण नगरपालिकाले अनुरोध गर्दै यस निर्णयप्रति विज्ञप्ति जारी गरेको छ ।

तस्वीर :प्रशान्त प्रधान / केन्द्रबिन्दु

Logo