ग्राण्डी अस्पतालमा उपचार गराएर फर्किए प्रधानमन्त्री

ग्राण्डी अस्पतालमा उपचार गराएर फर्किए प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ग्राण्डी अस्पताल गई स्वास्थ्य जाँच गराएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार डाक्टरहरूको सल्लाहमा स्वास्थ्य जाँचका लागि गई बालुवाटार फर्किसकेका छन् ।

नियमित मृगौलाको डायलसिस गराइरहेका प्रधानमन्त्रीको यस पटकको स्वास्थ्य परिक्षण नियमित भने होइन । तर स्वास्थ्यकर्मीको सल्लाह अनुसार परिक्षण गरिएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै भएकोले आज हुने मन्त्रीपरिषदको बैठकमा सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए ।

Logo