नेटबल प्रतियोगितामा भानुभक्त च्याम्पियन

नेटबल प्रतियोगितामा भानुभक्त च्याम्पियन


काठमाडौं ।

प्रथम भानुभक्त मेमोरियल अन्तरविद्यालय नेटबल प्रतियोगितामा आयोजक भानुभक्त च्याम्पियन बन्यो । आइतबार फाइनलमा भानुभक्तले मंगलदीपलाई २६–२१ ले पराजित ग¥यो । भानुभक्तकी आकृति रजकले १८ अंक जोडिन् ।

भानुभक्तकी प्रनिता लामा उत्कृष्ट खेलाडी तथा मंगलदीपकी टासी शेर्पा उत्कृष्ट डिफेन्डर घोषित भए । प्रतियोगिताभर ८६ स्कोर गरेकी भानुभक्तकी आकृति रजक सर्वाधिक स्कोरकर्ता बनिन् ।

विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश पाण्डे, प्रिन्सिपल बमबहादुर मोक्तान लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको तीनै विधामा समान १२–१२ टिम सहभागी थिए । नेटबलमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Logo