#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31829935976356742233623431243
नेपाल678044361741449954

दाहाल र सिंहबीचको भेटमा के कुराकानी भयो ?

काठमाडौं ,२८,पुस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बीच वाम एकता बारेमा छलफल भएको छ । दुर्इ नेता बीच वर्तमान राजनीतिक अवस्था र अहिले भइरहेको नेकपा एमाले र माओवादी एकतासँगै त्यसमा अन्य कम्युनिष्ट पार्टीलार्इ पनि समेट्ने र राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा कुराकानी भएको छ ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुन् । भेटका क्रममा उनीहरु बीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार