अमेरिकामा हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु

अमेरिकामा हिंसात्मक प्रदर्शन, एक जनाको मृत्यु


अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा ती महिलालाई गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् । सदनमा बहस चलिरहेकै समयमा ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

हतियारधारी ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमण गरेका हुन् । उनीहरुले तोडफोड गरेका छन् । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् ।

Logo