दरबार छाडेपछि ह्यारी दम्पतीको दैनिकीः कुकिङ, वकिङ र योगा

दरबार छाडेपछि ह्यारी दम्पतीको दैनिकीः कुकिङ, वकिङ र योगा


लण्डन ।

बेलायती राजदरबार छाडेपछि पूर्व युवराज ह्यारी र उनकी पत्नी मेघन पछिल्लो समय शान्त देखिएका छन् । त्यसो त, मिडिया पनि उनीहरुको पछि लाग्ने क्रम कम भएको छ । पिपल म्यागजिनले जनाए अनुसार क्यानडाको भ्यानकभर आइल्याण्डमा उनीहरुको दैनिकी सामान्य चलिरहेको छ ।

त्यहाँ ह्यारी र मेघन परिवारका लागि संघर्ष गरिरहेका छन् । उनीहरुले साथमा एक मात्र छोरा आर्चीलाई पनि सँगै राखेका छन् । समाचारमा आए अनुसार मेघन पछिल्लो समय पहिले झैँ तनावबाट गुज्रिनु परेको छैन ।

गत जनवरीमा ह्यारी र मेघनले बेलायतको राजदरबार छाडेका थिए । त्यसअघि मेघन र ह्यारीले बारम्बार ‘मिडिया आतंक’ खेप्नु परेको थियो । मेघनले त अन्तर्वार्तामै भनेकी थिइन्, ‘मिडिया र दरबारबाट दिक्क भएकी छु ।’

क्यानडामा बस्न थालेपछि भने उनीहरु सँगै खाना पकाउने, नियमित हिँड्ने र योगा गर्छन् । ‘भविष्यमा कसरी जीविका चलाउने ?’, ‘बेलायत किन छाडेको ?’, ‘दरबारको बदनाम गरेको’ लगायत थुप्रै प्रश्न उनीहरुमाथि उठेका थिए । तर दरबारको ड्युटीबाट मुक्त भएपछि उनीहरुको जीवनशैली आम मानिस चलिरहेको छ ।
अन्नपूर्णबाट

Logo