माइतीघरमा तरुण दलको प्रदर्शन

माइतीघरमा तरुण दलको प्रदर्शन


काठमाडौं ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि थिए । प्रदर्शनमा दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार , जस्ता नाराहरु लगाइएका थिए । माउ पार्टी कांग्रेसले लगायता तेस्रो दिन संसद बैठक अवरुद्ध गरेको छ ।

Logo