विश्व सम्पदालाई साइकल लेनले जोड्ने मन्त्री भट्टराईको दाबी

विश्व सम्पदालाई साइकल लेनले जोड्ने मन्त्री भट्टराईको दाबी


काठमाडौं ।

काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदालाई साइकल लेन बनाएर जोड्ने लक्ष्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनर्निर्माण सम्बन्धि प्रगति विवरण र आगामी योजनाको बारेमा जानकारी दिन पुरातत्व विभागद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले साइकल लेनले विश्व सम्पदालाई जोड्ने दाबी गरेका हुन् ।

पर्यटक आकर्षणको केन्द्र बनाउने योजना अनुसार विश्व सम्पदालाई साइकल लेनले जोड्ने योजना वनाईएको मन्त्री भट्टराईको भनाई रहेको छ । ‘विश्वका बौद्धिक तथा खोज अनुसन्धानकर्ताहरुको काम नेपालको अध्ययन नगरी पुरा नहुने’ बताउँदै मन्त्री भट्टराईले भने – ‘सम्पदाहरु पर्यटकका आकर्षणका केन्द्र हुन्’ ।

त्यसैगरी २०७२ को भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनर्निर्माणको काम दुई बर्षपछि सकिएको घोषणा गरिने दाबी समेत मन्त्री भट्टराईले गरेका छन् । हाल साठ्ठी प्रतिशत काम पूरा भएको छ, बाँकी ४० प्रतिशत काम दुई बर्षभित्र सम्पन्न हुनेछ – उनले भने ।

Logo