दरबारमा ‘भ्याली बाई नाइट’ सुरु गरिनेछ : मन्त्री भट्टराई

दरबारमा ‘भ्याली बाई नाइट’ सुरु गरिनेछ : मन्त्री भट्टराई


काठमाडौं ।

काठमाडौंको वसन्तपुर, पाटन र भक्तपुरका दरबारमा रातिसमेत भ्रमण गर्न सकिने गरी ब्यवस्थापन भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी गराएका छन् ।

सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पूनर्निर्माण सम्बन्धि प्रगति विवरण र आगामी योजनाको बारेमा जानकारी दिन पुरातत्व विभागद्वारा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भने – ‘भ्याली बाई नाइट’ कार्यक्रम ल्याउँदैछौं ।’ मन्त्री भट्टराईका अनुसार त्यसका लागि भक्तपुर दरबार क्षेत्रमा लाइट राख्ने कार्य सम्पन्न भइसकेको छ ।

आन्तरिक पर्यटकका लागि मात्र होइन बाह्य पर्यटकका लागि पनि ‘भ्याली बाई नाइट’ प्रभावकारी हुने मन्त्री भट्टराईले जनाए । विश्व प्रसिद्ध काठमाडौं उपत्यकाका तीन दरबारहरुलाई २४ घण्टा उज्यालोमा राख्ने कार्यक्रमलाई मन्त्री भट्टराईले ‘भ्याली बाई नाइट’ को नाम दिएका हुन् । पुनर्निर्माणको काम ६० प्रतिशत सकिएको र बाँकी ४० प्रतिशत अबको दुई वर्षमा सम्पन्न हुने पनि मन्त्री भट्टराईले दाबी गरे ।

Logo